२०८१ मंसिर ११ , मंगलबार

नेप्से परिसूचक ३४.४७ अंकले घट्यो, कारोबार रकम २८ अर्ब ८३

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

आइतबार नेप्सेमा करेक्सन आएको छ।नेप्से परिसूचक ३४.४७ अंकले घटेर २९६६.२३ विन्दुमा बन्द भएको छ।यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

बिहीबार २९ अर्ब ९५ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार २८ अर्ब ८३ करोडको सेयर कारोबार भएको छ।यो रकम अघिल्लो दिनको तुलनामा १ अर्ब १२ करोड रूपैयाँ कमी आएको हो।

यसदिन ३३० वटा धितोपत्रको छ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता सेयर किनबेच भएको हो।