२०८१ पुष १० , बुधवार

तनहुँ सुनचाँदी व्यवसायी संघको अध्यक्षमा हरि गहतराज निर्वाचित

Tan

सुनाखरी न्युज/ काठमाडौं ।
तनहुँ सुनचाँदी व्यवसायी संघको आठौं वार्षिक साधरण सभा तथा चौथो अधिवेशनबाट हरि गहतराज अध्यक्षनमा निर्वाचित हुनु भएको छ । अधिवेशनले उहाँलाई सर्वसम्मत निर्वाचित गरेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका विशिष्ट सदस्य मोहन कुमार सुनारको प्रमूख आतिथ्यतामा सम्पन्न सो साधारणसभामा महासंघवाट वरिष्ठ उपाध्यक्षमा पदम सुनार, प्रथम उपाध्यक्ष लुद्रवीर विक, दित्तिय उपाध्यक्ष भीम गौतम, महासचिब पूर्ण विक, सचिब हेमलाल विक, कोषध्यक्ष राजेन्द्र सुनार, सह–कोषध्यक्ष बुद्वी बहादुर सुनार, प्रबक्ता दिपक विक तथा कार्य समिति सदस्यहरू केशर वराली, नेत्र विक, समर सुनार, सुनिल अधिकारी, हरिचन्द्र विक, शैलेश विक र ऋषि विक निर्वाचित हुनु भएको छ ।

त्यसक्रममा महासंघ वाट वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्य, उपाध्यक्ष वुद्धिबहादुर दियाली, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सचिवद्धय निर्मल दियाली र टुलक विश्वकर्मा तथा केन्द्रिय सदस्य तथा विभिन्न जिल्ला तथा नगरका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।