२०८१ मंसिर ९ , आइतवार

यस्तो छ क्वाँटी को महत्व !

Kwanti-Gedagudi (1)

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली समाजमा जनैपूर्णिमाको अवसरमा विशेष खानाको रूपमा क्वाँटी खाने प्रचलन रहिआएको छ । क्वाँटी खाने प्रचलन कहिलेदेखि सुरु भएको हो यकिनका साथ भन्न सकिंदैन तथापि यो विशेषगरी नेवार समुदायबाट सुरु भएको र हाल नेपालका अधिकांश स्थानमा सबै जनजातिले क्वाँटी र यसको झोल खाने प्रचलन रहेको पाइन्छ ।

वास्तवमा नेवारी भाषामा क्वाँ भनेको तातो र टी भनेको सुप हो । त्यसकारण क्वाँटी भनेको विभिन्न गेडागुडीहरूको मिश्रणबाट पकाएर बनाएको स्वादिलो र तात्तातो सुप हो भन्ने बुझिन्छ ।

क्वाँटी विभिन्न गेडागुडीहरूको मिश्रण हो र यसमा खासगरी नौ किसिमका गेडागुडीहरूको सम्मिश्रण पाइन्छ । नेपाली समुदायमा खेतबारीमा काम गर्ने समयमा, मौसम परिवर्तन हुने समयमा र जाडो यामको सुरुवात हुने समय आउनै लाग्दा जनैपूर्णिमा पर्व पर्छ र त्यतिबेला विभिन्न गेडागुडीहरूको रस खाने प्रचलन छ ।

विभिन्न गुणहरूले भरिएको हुनाले सांस्कृतिक पर्व मान्नका लागि मात्र नभई क्वाँटीलाई असाध्यै वैज्ञानिक पौष्टिक खाना मानिने हुँदा यसको प्रचारप्रसार गर्न पनि जरूरी छ । क्वाँटीमा पाइने विभिन्न पौष्टिक पदार्थले ऊर्जा प्राप्त हुने, शरीरमा रोगव्याधि र परिश्रमका कारण कोषहरूमा आएका समस्या समाधान हुने, शारीरिक वृद्धि विकास वा शरीरको मर्मत सम्भारमा सहयोग पुग्ने, व्यक्तिको रोग प्रतिरोध क्षमता बढ्ने र रोग लाग्नबाट बचाउन सक्छ । त्यसकारण क्वाँटीको सेवन सुरुमा सांस्कृतिक मूल्यमान्यताबाट प्रभावित भएर विशेष समुदायबाट सुरु गरिएतापनि यसबाट विभिन्न फाइदा पाउन सकिने हुँदा अहिले सबैको खाना बनेको छ ।

 

 

क्वाँटी एक अर्थमा निकै पौष्टिक तत्वले भरिपूर्ण खाद्यपदार्थ भएकाले पनि यसको महत्व बढी देखिएको हो ।

क्वाँटी नौ किसिमका गेडागुडी एकै ठाउँमा मिलाई पकाएर खाने गरिन्छ ।