२०८१ आश्विन ५ , शनिवार

नीता र हरिहरको फिल्म ‘ह्रस्वदीर्घ’कात्तिक ३० गतेदेखि प्रदर्शनमा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नीता ढुंगाना र हरिहर अधिकारीको फिल्म ‘ह्रस्वदीर्घ’ कात्तिकमा प्रदर्शनमा आउने भएको छ। यसअघि असोज ३ गतेका लागि रिलिज तोकिए पनि फिल्मको प्राविधिक कामहरू नसकिएकाले पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरिएको थियो।

निर्मात्री एवं अभिनेत्री नीताले सोमबार जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसर पारेर एक पोस्टर सार्वजनिक गर्दै फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरेकी हुन्।

अब फिल्म कात्तिक ३० गतेदेखि प्रदर्शनमा आउने भएको उनले बताइन्। यो फिल्ममा थुप्रै नेपाली कलाकारसँगै भारतीय कलाकारको समेत अभिनय छ।