२०८१ आश्विन ५ , शनिवार

‘नांगो गाउँ’ र ‘दान्भी’ कान्तिपुर सिनेमाज ओटिटीमा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

फिल्म ‘नांगो गाउँ’ र ‘दान्भी’ ओटिटीमा रिलिज भएका छन्। नेपाली ओटिटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज’ मा यी दुई फिल्मको स्ट्रिमिङ सुरू भएको छ। रक्षा बन्धनको अवसरमा सोमबार कान्तिपुर सिनेमाजले यी फिल्महरूको ओटिटी स्ट्रिमिङ सुरू गरेको हो ।

गत वर्षको भदौ २९ गते हलमा रिलिज भएको ‘नांगो गाउँ’ फिल्मलाई दर्शकले रुचाएका थिए । दयाहाङ राईको शीर्ष भूमिका रहेको यो फिल्मले गाउँमा हुने चुनावको प्रवृत्तिलाई चित्रण गर्छ ।निर्देशक दीपेन्द्र लामाको पटकथा लेखन समेत रहेको यो फिल्ममा दयाहाङसहित मिरुना मगर, शिशिर बाङ्देल, कार्म, साम्राज्ञी शाह, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारीको पनि अभिनय छ ।

त्यस्तै, रूपेश तामाङको निर्देशनमा पुजा शर्मा, कुन्साङ बोम्जन लगायतको अनिभय रहेको फिल्म ‘दान्भी’ गत असारमा हलमा रिलिज भएको थियो। यो फिल्म भने व्यवसायिक रूपमा सफल हुन सकेन्।