२०८१ आश्विन ५ , शनिवार

प्रज्ञा प्रतिष्ठानमा ‘एकासीको गाईजात्रा’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौंका विभिन्न स्थानमा गाईजात्रा महोत्सवहरू सुरू भएका छन्। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि ‘एकासीको गाईजात्रा’ सुरू भएको छ।

यसमा हास्य कलाकार मनोज गजुरेल, व्यङ्ग्य कवि शैलेन्द्र सिम्खडादेखि कलाकार सुबोध गौतमसम्म एउटै मञ्चमा प्रस्तुत भएका छन्। सजन श्रेष्ठ, सीता न्यौपाने, मेक्सम गौडेल, प्रभात लामा, चक्र दवाडी, माड्साप लगायतको समेत प्रस्तुति छ। होस्टका रूपमा रीमा विश्वकर्मा छिन्।

कार्यक्रममा यमन श्रेष्ठले भने एक प्यारोडी गीत राखेका थिए । हरेक साँझ ५ बजेबाट सुरू हुने एकासीको गाईजात्रा भदौ ७ गते शुक्रबारसम्म चल्नेछ।यस्तै, राष्ट्रिय नाचघर जमलमा ‘गाईजात्रा महोत्सव २०८१’ सोमबारदेखि सुरू भएको छ।’गाईजात्रा महोत्सव २०८१’ १० गतेसम्म चल्नेछ।

gaijatra (4)

gaijatra (2)