सुनाखरी न्युज/ काठमाडौं ।
विमानस्थलभित्र रहेको एक पसलबाट कैंची हराएपछि जापानमा ३६ वटा उडान रद्द र २०१ वटा उडानमा ढिलाइ भएको छ। यो शनिबार बिहानको घटना हो।
होकाइडोको न्यू चिटोस विमानस्थलको आन्तरिक टर्मिनलको बोर्डिङ गेटनजिकै रहेको एक पसलबाट कैंची हराएपछि दुई घण्टासम्म उडानहरू रोकिएको बिबिसीले जनाएको छ।
बिबिसीका अनुसार कैंची हराएपछि सुरक्षाको खतरा हुन सक्ने भन्दै ३६ वटा उडान रद्द गरिएको थियो र २०१ वटा उडान ढिला भएको थियो।अधिकारीहरूले हराएको कैंची खोजी गर्ने क्रममा त्यस दिन भेटिएन।
अर्को दिन आइतबार कैंची पसलमै भेटिएको भन्दै न्यू चिटोस विमानस्थलले जानकारी दिएको थियो। यसको जानकारी उनीहरूले सोमबारमात्रै दिएको थियो।