२०८१ आश्विन ५ , शनिवार

फिल्म ‘सतीदेवी’को काठमाडौं प्रिमियर

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘सतीदेवी’लाई मंगलबार बेलुका प्रिमियर गरिएको छ । राजधानीको एक मल्टिप्लेक्समा आयोजित समारोहमा फिल्मकर्मी, संचारकर्मीको बाक्लो उपस्थिती देखियो ।

निर्देशक लक्ष्मण सुवेदी, अभिनेत्री मलिका महत, सन्दीपबाबु लोहनीसहित अन्य कलाकार तथा क्रू प्रिमियरमा सहभागि रहे । प्रिमियरमा फिल्मले उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ ।

प्रिमियरमा फिल्म हेरेका दर्शकले फिल्मले लैंगिक समानताको पक्षमा सामाजिक सन्देश दिएको बताए । लक्ष्मण सुवेदी निर्देशित फिल्ममा मलिकाको शीर्ष भूमिका छ । उनले लमजुङकी एक ग्रामिण युवती सतीदेवी अधिकारी नामक चरित्र निर्वाह गरेकी छन् । बा

फिल्ममा मलिकासहित रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, इश्वरी सिंह, सन्देश लिम्बु, पवन केसी, जगदीश अधिकारीको अभिनय छ ।