सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मङ्सिरमा प्रस्ताव गरिएको स्थानीय तहको उपनिर्वाचनमा भाग लिने भएको छ ।
बुधबार पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा स्थानीय तह उपनिर्वाचनमा भाग लिने समझदारी बनेको एक नेताले बताए । तर, यसबारे आधिकारिक निर्णय भने अर्को बैठकले गर्ने उनको भनाइ छ ।