२०८१ मंसिर ९ , आइतवार

नागढुंगामा पहिरो, सडक दुईतर्फी बन्द

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नागढुंगामा सडकमाथिबाट पहिरो खस्दा सवारी आवागमन दुईतर्फी अवरूद्ध भएको छ।बुधबार बिहान पौने ११ बजे चन्द्रागिरि नगरपालिका-२ नागढुंगास्थित चेकपोइन्टबाट टायलघरतर्फ २/३ सय मिटर पर पहिरो खस्दा सडक अवरूद्ध भएको हो।

उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार नागढुंगाको नाग मन्दिर नजिक ठूलो पहिरो खसेकाले दुईतर्फ नै आउ–जाउ बन्द भएको छ ।

बेला–बेला पहिरो झर्ने क्रम जारी छ । त्यसैले पहिरो पन्छाउन केही घण्टा लाग्ने प्रहरीले जनाएको छ ।राजमार्ग बन्द भएकाले यात्रुहरु मर्कामा परेका छन् । कतिपयले वैकल्पिक मार्गको रुपमा खानीखोला–नागढुङ्गा र सीतापाइला–धार्के सडक प्रयोग गरेका छन् ।