२०८१ मंसिर ११ , मंगलबार

रास्वपाले मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने भएको छ।

बुधबार पार्टी कार्यालय चःमतिमा बसेको केन्द्रीय समिति बैठकले डा. ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

यसअघि सचिवालयले सोधेको स्पष्टीकरणको जवाफ ढकालले दिइसकेका छन्।केन्द्रीय अनुशासन आयोगले उनका पछिल्ला गतिविधिबारे प्रतिवेदन बुझाइसकेको छ।