२०८१ माघ ३ , बिहिवार

बौद्धमा रोपाइँ जात्रा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौंको बौद्धमा रोपाइँ जात्रा मनाइएको छ।बुधबार बौद्धमा व्यंग्य गर्न विभिन्न भेषभूषा, पहिरन लगाएर, बाजागाजासहित गाईजात्रा तथा रोपाइँ जात्रा मनाइएको हो।बौद्धमा हरेक वर्ष गाईजात्राको भोलिपल्ट रोपाइँ जात्रा गर्ने चलन छ।

विशेष गरी नेवार समुदायले मनाउन सुरु गरेको रोपाइँजात्रा अहिले देशैभरका विभिन्न स्थानमा मनाउने गरिन्छ ।

धान रोप्ने काम सकिएको खुसीयालीमा जात्रा मनाइने गरिन्छ । वर्षभरि बौद्ध क्षेत्रबाट दिवंगत भएकाको मोक्ष एवं शान्ति प्राप्तिको कामना गर्दै बौद्ध चैत्यमा रोपाइँजात्रा मनाइएको हो ।