२०८१ पुष ७ , आइतवार

कुमारी बैंक र इसेवा बिच २ लाखसम्मको ‘इजी लोन’ सुविधाका लागि सम्झौता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

कुमारी बैंक लिमिटेड र इसेवा लि. बीच इसेवाका ग्राहक महानुभावहरुलाई इसेवा मोबाईल एप मार्फत ‘इजी लोन’ सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।

कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झट रहित क्षण भरमै  २ लाखसम्मको डिजिटल कर्जा सजिलै प्रदान गर्ने जनाएको छ। ।

पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र यो ‘इजी लोन’ सेवा उपलब्ध गराउने भनिएकोमा भविष्यमा चाँडै सम्पूर्ण प्रयोगकर्ताहरुको लागि उपलब्ध गराईने इसेवाले जनाएको छ । इसेवा मार्फत लिइने ‘इजी लोन’ सुविधामा लागुहुने थप सर्तहरु बारे इसेवाको वोबसाईट/एप मार्फत जानकारी लिन सकिनेछ ।