२०८१ आश्विन ५ , शनिवार

अभिनेता विपिन कार्कीलाई मातृशोक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । उनकी आमा सरस्वतीको उपचारको क्रममा विहिबार बिहान ६ बजे पाटन अस्पतालमा निधन भएको छ ।

४ दिनदेखि भेन्टिलेटरमा राखेर उनकी आमाको उपचार गरिँदै आएको थियो । उनी विभिन्न दीर्घरोगबाट पीडित थिइन् ।आमा बिरामी भएपछि बिपिन पछिल्लो फिल्म ‘ऊनको स्वीटर’को छायांकन बीचमै छाडेर काठमाडौं आएका थिए ।

कार्कीको आजै बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।विपिन र उनका दाजुले आमाको पार्थिव शरीरमा दागबत्ती दिए ।उनकी आमा सरस्वती कार्कीको ७२ वर्षको उमेरमा निधन भएको छ ।

दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, दीपाश्री निरौला, अशोक शर्मा, प्रदीप भट्टराई, तुलसी घिमिरे, सरिता गिरी, कमेडियन सुमन कार्कीसहित सञ्चारकर्मीहरु पनि आर्यघाटमा पुगेका थिए ।अभिनेता कार्कीको आज जन्मदिन पनि हो ।