२०८१ माघ २ , बुधवार

मुकुल ढकालले रास्वपालाई बुझाएको स्पष्टीकरणमा रवि लामिछानेमाथि आरोप नै आरोप

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

रास्वपा निलम्बित महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई भ्रष्टाचारी‚ राहदानी दुरुपयोग गरेर अपराध गर्ने ठग हो भनेर प्रमाणित गर्न सक्ने भन्दै पार्टीलाई स्पष्टीकरण बुझाएका छन् ।

पार्टीको भदौ ५ मा बसेको केन्द्रीय समिति बैठकले मुकुललाई साधारण सदस्यबाट निलम्बन गर्नु पूर्व अन्तिम एकपटक स्पष्टीकरण दिने मौका दिएको थियो । उनले आफूले पार्टी हितविपरीत कार्य नगरेको बरु रास्वपा जोगाउन लागिपरेको दाबी गरेका छन्। साथै ढकालले सभापति रवि लामिछानेमाथि आरोप नै आरोपसमेत लगाएका छन्।

शुक्रबार स्पष्टीकरण बुझाउँदै उनले सभापति लामिछानेको कुकर्मको पर्दाफास गर्ने भन्दै लेखेका छन्‚‘ राष्ट्रिय ठगको चर्चा राष्ट्रिय स्तरमा हुन्छ, पार्टीभित्र मात्र सीमित हुँदैन । तपाईँजस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु ।’ सहकारी मुद्दामा लामिछाने जेल जान सक्ने ढकालको भनाइ छ।

mukul