सुनाखरी न्युज/ काठमाडौं ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवहाक बस खस्दा १४ जनाको मृत्यु भएको छ। दुर्घटनास्थलबाट १६ जना यात्रुलाई उद्धार गरिएको छ।
भारतीय नम्बर प्लेटको यात्रुवहाक बस शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको थियो।सशस्त्र प्रहरीका सहप्रवक्तासमेत रहेका डिएसपी शैलेन्द्र थापाका अनुसार १४ जनाको मृत्यु भएको छ भने १६ जनालाई उद्धार गरेर उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ।
हाल पोखरा मुग्लिन सडक विस्तारको काम जारी छ । बेलाबेला झर्ने पहिरोका कारण सडक यात्रा कष्टकर छ ।यसअघि असार २८ गते त्रिशूली नदीमा २ वटा यात्रुवाहक बस खस्दा भारतीयसहित ३० भन्दा बढी यात्रु बेपत्ता छन् ।