२०८१ आश्विन ५ , शनिवार

दयाहाङ, सौगात र प्रदीप फिल्ममा एकसाथ देखिँदै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

अभिनेताहरू दयाहाङ राई, सौगात मल्ल र प्रदीप खड्का फिल्ममा एकसाथ देखिने भएका छन्। कृषा चौलागाईँको निर्देशन रहने एक्सन–रिभेन्ज फिल्म ‘पिताम्बर’ मा यी अभिनेताहरू संगै देखिने भएका हुन्। यो दयाहाङ र प्रदीप साथै सौगात र प्रदीपको पनि पहिलो सहकार्य हुनेछ।

फिल्मको लामो समयदेखि तयारी चलिरहेको छ। फिल्ममा कलाकारहरूको लाइनअप बलियो बनेको छ। यसमा आर्यन सिग्देल, आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्य देव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी, रविन्द्र झालगायतका कलाकारहरूले पनि अभिनय रहनेछ।

स्थापित कलाकारहरूको यस्तो जमघट नेपाली फिल्ममा कमै देख्न पाइन्छ। ‘सबै कलाकारको भूमिका एकदमै इन्ट्रेस्टिङ हुनेछ,’ निर्देशक चौलागाईँले भनिन्, ‘हामीले सोहीअनुरूप तयारी गरेका छौं।’ फिल्मको छायाँकन आउँदो सोमबारदेखि सुरू हुँदैछ। ‘पिताम्बर’ को बजेट ५ करोड बताइएको छ।