२०८१ मंसिर ११ , मंगलबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित, अर्को बैठक भदौ १२ गते

nepali_congress

सुनाखरी न्युज/ काठमाडौँ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भदौ १२ गतेसम्मका लागि स्थगित भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार  एक विज्ञप्ति जारी गरी बैठक भदौ १२ गते बुधवार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका हुन् ।

साउन २३ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी छ । शुक्रबारको बैठकमा २० जनाले आफ्नो धारण राखेका छन् । बैठकले पोखराबाट काठमाडौँतर्फ आइरहेको युपी ५३ एफटी ७६२३ भारतीय नम्बरको बस तनहुँस्थित मर्स्याङ्दी नदीमा खस्दा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

सो बस दुर्घटनामा बसमा सवार ४३ जनामध्ये २७ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् । बैठकले रौतहटबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ४७ नम्बरको बस दुर्घटनाप्रति पनि गहिरो दुःख व्यक्त गरेको छ । सो बस मुग्लिन नारायणगढ सडक खण्डमा पल्टिँदा २५ जना घाइते भएका थिए ।