सुनाखरी न्युज/ काठमाडौं।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ। केन्द्रीय समिति बैठक मंगलबार बिहान ११ बजे बस्ने तय भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।त्यस दिन बिहान ८ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बोलाइएको बैठकमा छलफलका लागि पाँच एजेण्डा तय गरिएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
झाका अनुसार समसामयिक गतिविधि, राष्ट्रिय भेला, अनुशासनात्मक कारबाही, स्थानीय तहमा छाया सरकार आदि छलफलका एजेण्डा छन् ।रास्वपाले १ र २ असोजमा पहिलो राष्ट्रिय भेला बोलाएको छ ।
अनुशासनात्मक कारबाहीमा एजेण्डा अन्तर्गत रास्वपाले निलम्बित महामन्त्री डा.मुकुल ढकाललाई कारबाहीको तयारी गरेको छ। यसअघि उनलाई महामन्त्री र केन्द्रीय सदस्यबाट निलम्बन गरिएकामा अब साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्न लागिएको हो।