२०८१ मंसिर ११ , मंगलबार

कांग्रेस शीर्ष नेताको बैठक बस्दै, महामन्त्रीका प्रतिवेदनमा छलफल हुने

Nepali Congress

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक आज बस्दैछ । महामन्त्रीद्वय गगन थाप र विश्वप्रकाश शर्माका प्रतिवेदनमाथि छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।

देउवा निवास बूढानीलकण्ठमा बिहान ११ बजे  बस्ने बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय थापा र शर्मालाई बोलाइएको छ ।

 

दुई महामन्त्रीले केन्द्रीय समितिमा पेस गरेको प्रतिवेदनलाई सर्वस्वीकार्य बनाई पारित गर्ने गरी छलफल गर्न देउवाले बैठक बोलाएको एक नेताले बताएका छन् ।

२३ साउन देखि जारी केन्द्रीय समितिको बैठकमा उपसभापति खड्का र दुई महामन्त्री थापा र शर्माले पेस गरेको प्रतिवेदनसहित थप ११ एजेण्डाहरू माथि छलफल भइरहेको छ ।