सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौंको भृकुटीमण्डपमा आजदेखि १६ औँ संस्करणको नाडा अटो शो २०२४ सुरु हुँदै छ । आयोजक नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले आजदेखि भृकुटी मण्डपमा सुरु हुने प्रदर्शनी भदौ १६ गतेसम्म चल्ने जनाएको छ ।
नाडा अटो शो २०२४ मा साना ठूला गरी १३० वटा स्टल रहने र ९५ वटा अटोमोबाइल ब्रान्ड तथा अटो कम्पोनेन्ट कम्पनीहरूको सहभागिता रहने आयोजक नाडाले जनाएको छ ।
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनमा भदौ १६ गतेसम्म काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना हुने बृहत् अटो शोको सम्पूर्ण तयारी पूरा भइसकेको सभापति अनुपकुमार बरालले बताए ।
यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्गे ब्रान्डहरू, १९ दई पाङ्गे बान्डहरू, १२ हल्का व्यावसायिक र सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिनेछन् । साथै ३३ कम्पनीहरूमा लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन् र ७ वित्तीय संस्थाहरू विशेष रूपले अनुकूल वित्तीय समाधानहरू प्रदान गर्नेछन् । कुल मिलाएर शोमा ९५ प्रदर्शकहरू सहभागी हुने नाडाले जनाएको छ ।
टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स र सर्बो लुब्रिकेन्ट सहप्रायोजक रहेको नाडाले जनाएको छ ।