२०८१ आश्विन ५ , शनिवार

तीजका अवसरमा विराटनगरमा ‘नारी उत्सव २०८१’ हुने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

यस मोरङ उद्योग व्यापार संघको हामी महिला उद्यमी समितिले हरितालिका तिजको उपलक्ष्यमा भदौ १४ देखि १६ गतेसम्म विराटनगरमा ‘नारी उत्सव २०८१’ प्रदर्शनी आयोजना गर्दैछौँ ।कोशी प्रदेश सरकार र विराटनगर महानगरपालिका समेतको सहकार्यमा आयोजना गर्न लागिएको यस ३ दिने उत्सवमा हामीले महिलाहरुको महान उत्सवलाई हर्षोल्लासका साथ मनाउने स्थल प्रदान गर्नुका साथै वहाँहरुको घरायासी उत्पादनलाई प्रत्यक्ष रुपमा बजारमा ल्याई आफ्नो सक्षमता झल्काउने र आत्मविश्वास बढाउने अवसर प्रदान गर्दै वहाँहरुलाई बजारीकरणमा मद्दत पु¥याउने, सक्षमता दर्शाउने एवं आत्मनिर्भर बनाउने उद्देश्य लिएका छौँ ।

यस उत्सवमा हामीले सबै प्रकारका स्थानीय औद्योगिक÷व्यावसायिक उत्पादनहरु समेत प्रदर्शन गर्ने अवसर प्रदान गर्दै स्थानीय बजारको प्रवद्र्धनका लागि जोड दिने, निर्यातयोग्य वस्तुहरुको पहिचान गरी अवसर श्रृजना गर्न मद्दत पु¥याउने, उत्पादनकर्ता र उपभोक्ताबीचको सम्बन्ध विस्तार गर्ने लगायतका गतिविधिहरु गराई स्थानीय आर्थिक विकासमा योगदान पु¥याउने तत्कालिन लक्ष्यहरु लिएका छौँ । साथै उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायत विभिन्न क्षेत्रहरुमा संलग्न महिला उद्यमीहरुको प्रवर्द्धन एवं उत्थान गर्ने दीर्घकालीन र मध्यकालीन लक्ष्य समेत लिएका छौँ ।

विहान १० बजेदेखि बेलुकी ८ बजे सम्म विराटनगरको सिटी पार्टी प्यालेस एण्ड रिर्जटमा आयोजना गरिने यस नारी उत्सवमा दर्शकहरुको निःशुल्क प्रवेशको व्यवस्था रहने छ भने हामीले उत्पादनहरु प्रदर्शनीका लागि एसी र नन एसी गरी करिब ६० वटा स्टलहरु राख्दैछौँ । त्यस्तै, यस उत्सवमा हामीले अठार वर्ष माथिका महिलाहरुका लागि तिज क्वीन २०८१ प्रतियोगिता अवसर प्रदान गर्दैछौँ । साथै, प्रत्येक दिन बेलुका विभिन्न स्थानीय कलाकारहरुबाट सांगितिक कार्यक्रम आयोजना गरिने छन् ।

त्यसका अलावा उत्सवमा विभिन्न रचनात्मक र मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश गरेका छौँ । यस भव्य उत्सवको समुद्घाटन समारोहमा हामीलाई साथ दिन मिस नेपाल वल्र्ड शुश्री आश्मा कुमारी केसी र मिस नेपाल अर्थ शुश्री सुमना केसीलाई विशेष अतिथिका रुपमा सहभागी हुनु हुँदैछ ।अन्त्यमा, सांगितिक, आर्थिक र मनोरञ्जन लगायत सबै प्रकारका आकर्षण सहितको यो पृथक नारी उत्सव कोशी प्रदेशमै पहिलो पटक हुन लागेकोले यस नारी उत्सव २०८१लाई भव्यतापूर्वक संचालन गराउन तपाई संचारकर्मीको पनि निरन्तर साथ र सहयोगको अपेक्षा लिएका छौँ ।