२०८१ आश्विन ५ , शनिवार

फिल्म ‘खुस्मा’ को दोस्रो गीत ‘रूकुम मैकोट’ सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘खुस्मा’ को दोस्रो गीत ‘रूकुम मैकोट’ सार्वजनिक गरिएको छ।आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच फिल्मको गीत रिलिज गरिएको हो। यसको भिडिओमा अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरी फिचर्ड छन्। गीतमा स्वर एसडी योगी र शान्तिश्री परियारको छ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको ‘खुस्मा’ लाई अशोक थापा मगरले लेखन तथा निर्देशन गरेका हुन्।निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह–निर्माता सुस्मिता बुढाथोकी हुन्। फिल्ममा दिपक बज्राचार्यको छायांकन छ।

धिरज र उपासनाका साथमा माओत्से गुरूङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरूण मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारले फिल्ममा अभिनय गरेका छन्।