२०८१ पुष १० , बुधवार

कुमारी बैंक लिमिटेड र ¥याडिसन होटल बीच सम्झौता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

कुमारी बैंक लिमिटेड र ¥याडिसन होटल (लाजिम्पाट, काठमाण्डौं) बीच कुमारी बैंक लिमिटेडका डेबिटकार्ड तथा क्रेडिटकार्डका प्रयोगकर्ताहरुलाई होटलबाट प्रदान गरिने बिभिन्न सेवा तथा सुबिधाहरुमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुशार कुमारी बैंक लिमिटेडका डेबिटकार्ड तथा क्रेडिटकार्ड प्रयोगकर्ताले ¥याडिसन होटल बाट प्रदान गरिने खाद्य तथा पेय पदार्थमा १५%, पेस्ट्री सपमा १०%, फिटनेस सम्बन्धि सेवामा २०%, ट्रानक्विलिटी स्पा तथा एअरपोर्ट रेष्टुरेन्ट सेवामा १५% र केकहरुमा १०% छुट प्राप्त गर्न सकिने बैंकले जनाएको थियो।

यस सुविधाबाट बैंकका सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै होटलबाट प्रदान गरिने सेवा सुविधाहरु सहुलियतदरमा प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको छ ।