२०८१ कार्तिक १७ , शनिवार

जापानको बेरोजगारी दरमा सामान्य वृद्धि

japanese-flag_b_eDyf3VvsoK

सुनाखरी न्युज/ काठमाडौं ।

जापानमा बेरोजगारी दर एक महिना अघिको तुलनामा जुलाईमहिनामा बढेको सरकारले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

सञ्चार तथा आन्तरिक मामिलामन्त्रालयका अनुसार मौसमी रूपमा समायोजन गरिएको बेरोजगार दर २।७ प्रतिशत रहेको छ, जुन अघिल्लो महिना २।५ प्रतिशत थियो ।

तथ्याङ्कले काम खोज्ने प्रत्येक १०० जनाका लागि १२४ रोजगारी उपलब्ध रहेको सङ्केत गर्छ । विश्लेषकहरूले जुलाईमा रोजगारीको वातावरण बिग्रिएको औंल्याए तर, बेरोजगारहरूमा स्वेच्छिक राजीनामाका घटनाहरू बढेका कारण श्रम बजारको तरलता बढ्दै गएको हुन सक्ने बताएका छन् । एजेन्सी