२०८१ मंसिर ९ , आइतवार

पलेशा पारा ओलम्पिकको क्वार्टरफाइनलमा प्रवेश

Palesha-Gobardhan

सुनाखरी न्युज/ काठमाडौं ।

पेरिस पारा ओलम्पिक २०२४ मा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पहिलो खेल जितेकी छन् । शुक्रबार भएको खेलमा उनले मोराल्सलाई ३१-० ले पराजित गरेकी हुन्। योसँगै उनी क्वार्टरफाइनलमा प्रवेश गरेकी छन्। के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको यो स्पर्धामा अब उनले ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेसको सामना गर्नेछिन्।

टोकियो पारा ओलम्पिक खेलिसकेकी पलेशा हाङचाउ एसियाली खेलकुदकी कांस्य विजेता खेलाडी हुन् । उनले जितेको पदक पारा एसियाली खेलकुदमा नेपालको पहिलो पदक हो । गत चैतमा चीनमा भएको एसियाली ओलम्पिक छनोट चरणमा स्वर्ण पदक जित्दै पेरिस ओलम्पिक पक्का गरेकी थिइन् ।

पलेशाले अब क्वाटरफाइनलमा आजै ब्राजिलकी कार्डोसो फर्नान्डेजसँग प्रतिस्पर्धा गर्नेछन् । टोकियो पारा ओलम्पिककी कांस्य विजेता फर्नान्डेजले वर्ल्ड च्याम्पियनसिपमा दुई पटक स्वर्ण जितेकी छन् । उनी वाई पाएर सिधै क्वाटरफाइनल खेल्न लागेकी हुन् ।