२०८१ मंसिर ६ , बिहिवार

पेट्रोलियम पदार्थको भाउ घट्यो, के को कति ?

nepal oil nigam

सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। आइतबार बिहान बाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको भाउ घटाएको हो।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले शनिबार पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।

निगमले पेट्रोलमा प्रतिलिटर दुई रूपैयाँ र डिजेल तथा मट्टीतेलमा एक रूपैयाँ घटाएको छ। त्यस्तै आन्तरिक हवाइ इन्धन लिटरमा पाँच रूपैयाँ र अन्तर्राष्ट्रियमा प्रतिकिलोलिटर ३७ अमेरिकी डलर घटाएको छ। ग्यासको भाउ प्रतिसिलिन्डर ३५ रूपैयाँ ११ पैसा बढेर आए पनि उपभोक्ता मूल्य हाललाई यथावत राखिएको पनि निगमले जनाएको छ।