२०८१ पुष १० , बुधवार

सटिजन्स बैंक र श्री एयरलाइन्स बीच समझदारी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र श्री एयरलाइन्स बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले श्री एयरलाइन्समा टिकट खरिदमा एकमुस्ट रु ५०० को आकर्षक छुट पाउन सकिने जनाइएको छ । सो छुट श्री एयरलाइन्सको सबै कार्यालयको काउन्टरबाट मात्र प्राप्त हुने छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको बताइएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।