२०८१ मंसिर ६ , बिहिवार

नेप्से परिसूचकमा ५३ अङ्कको गिरावट, कारोबार रकम साढे १० अर्बमा खुम्चियो

Share

सुनाखरी न्युज/ काठमाडौं ।

साताको पहिलो दिन आइतबार नै सेयर बजार घटेको छ। आइतबार ५३.६३ अंकले घटेर बजार २६९५.९३ विन्दुमा आइपुगेको हो।यो सहित नेप्सेले उच्च बन्द विन्दु ३००१ बाट ३०५ अंक गुमाइसकेको छ।

अन्तरदिनको कारोबारमा २७ सय विन्दुबाट तल आउने प्रयास पटक–पटक कमजोर भए पनि बजार बन्दा हुँदा भने केही तल आइपुग्यो।यद्यपि अहिले पनि २७ सयको विन्दु लगानीकर्ताको मनोवैज्ञानिक विन्दुमै बसेको देखिन्छ।

यसदिन कारोबार रकममा पनि कमी आएको छ।बिहीबार १२ अर्ब २४ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार १० अर्ब ५१ करोड रूपैयाँको कारोबार भएको छ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ७३ करोड रूपैयाँ कमी आएको हो।