सुनाखरी न्युज/ काठमाडौं ।
कुमारी बैंक लिमिटेड र श्री एयरलाइन्स बीच कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई श्री एयरलाइन्स बाट यात्रा गर्दा लाग्ने टिकट शुल्कमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता अनुसार श्री एयरलाइन्सका काउण्टरहरुबाट कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूका परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरा/छोरी) को लागि टिकट खरिद गरि कुमारी बैंककै डेबिट/क्रेडिट कार्ड, मोवाइल बैकिङ्ग सेवा बाट रकम भुक्तानी गर्दा रु ५०० छुट प्राप्त गर्न सकिने बैंकले जनाइएको छ।
यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।