२०८१ मंसिर १० , सोमवार

गण्डकीमा एमालेले टुंग्यायो ४ मन्त्रीको नाम, यस्तो छ नाम

gandaki uml

सुनाखरी न्युज/ पोखरा ।

नेकपा एमालेले गण्डकी प्रदेशमा मन्त्री हुने ४ जनाको नाम टुंग्याएको छ । संसदीय दलका नेता खगराज अधिकारीले यसपटक मन्त्रीमा कुनै अनुहार नदोहोरिने बताएका थिए । आइतबारमात्र बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रालयको कार्यक्षेत्र टुंग्याउँदै संख्या पनि ९ बनाएपछि एमालेले पनि मन्त्री हुनेको नाम टुंगो लगाएको हो ।

 

बागलुङका कृष्ण पाठक, नवलपुरकी पद्मा जिसी, कास्कीका प्रकाशबहादुर केसी र पर्वतका मित्रलाल बस्यालको नाम एमाले टुंग्याएको स्रोतले बताएको छ ।

 

गुट र भूगोलसमेत मिलाएर दलका नेता अधिकारीले आज बिहानमात्रै नाम टुंगो लगाएको उनी निकट स्रोतले बतायो ।

पर्वतका बस्यालले संसदकै ज्येष्ठ सदस्य भएर सभाध्यक्षको भूमिकासमेत निर्वाह गरेका थिए । नवलपुरकी पद्मा यसअघि नै मन्त्री बन्ने चर्चा थियो । उनी एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षधर हुन् भने अरु सबै खगराज समूहका हुन् ।

 

 

गण्डकीमा ९ मन्त्रालयमध्ये मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई साथ दिने नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई पनि कांग्रेस कोटामै राखेर एमालेलाई ४ मन्त्रालय दिइएको छ । एमालेका चारै जना मन्त्रीको आजै सपथ गर्ने तयारी छ ।