२०८१ मंसिर १ , शनिवार

प्रकाश तामाङले भेटे प्रधानमन्त्री ओलीलाई

prakash-kp_rQNW2GRi3i

सुनाखरी नयुज/ काठमाडौ।

३५ वर्षपछि आफ्नो परिवार भेटेका प्रकाश तामाङ ‘काले’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । भोजपुरबाट नागरिकता प्रमाणपत्र पाएलगत्तै काठमाडौँ आएका प्रकाशले सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीलाई भेटेका हुन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रकाशसँग भेट भएको तस्बिरसहितको जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘प्रकाश तामाङ नागरिकता बनाएर आज साँझ भेट्न आउनुभयो । नागरिकता बनेपछि उहाँलाई अरु कुरामा पनि सहज हुन्छ। खुसी लाग्यो। शुभ रात्रि ।’

तामाङले केही दिनअघि नागरिकता प्रमाणपत्र पाएका थिए । भेटका क्रममा तामाङले प्रधानमन्त्रीलाई आफ्नो नागरिकता समेत देखाएका थिए ।

‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् पत्रकार विद्या चापागाईले गोर्खाको चुमभ्यालीमा प्रकाशलाई भेटेसँगै उनको ३५ वर्षपछि परिवारसँग पुनरमिलन भएको थियो ।