२०८१ मंसिर १० , सोमवार

 ६०.८६ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

nepse

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल रिइन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १२७।३२ अंकले बढेर २८२३।२५ मा रोकिएको छ ।

त्यस्तै, आज १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२ रुपैयाँको कारोबार भएको छ । आइतबार १० अर्बको कारोबार भएको थियो । ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर खरिद बिक्री भएको छ ।

कम्पनीको ६० लाख ८६ हजार ४३३।२८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत जेठ १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४।७५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो । बोनस सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि सेयरधनीले कारोबार गर्न सक्नेछन् ।