२०८१ आश्विन ५ , शनिवार

अस्ट्रेलियामा गायक बद्री पंगेनी सम्मानित

Badri-Pangeni

 

सुनाखरी न्युज/ काठमाडौं ।

गायक बद्री पंगेनीलाई अस्ट्रेलियामा सम्मान गरिएको छ । एक महिनाको सांगीतिक कार्यक्रमका लागि अगस्ट २० मा अस्ट्रेलियाको एडिलेट ओर्लिएका त्यहाँ दुई दिन दर्शकलाई नचाए । अगस्ट २२ र २४ को एडिलेट कन्सर्टपछि २५ अगस्टमा उनी सिड्नीको ग्रयानभिल पार्कमा गुञ्जिए । गायक पंगेनी कार्यक्रमको सिलसिलामा तीन सातादेखि अस्ट्रेलियामा छन् ।

‘सांगीतिक भ्रमणको समयमा मलाई सम्झिएर सम्मान गरिदिनुभएकोमा फ्लेभर्स अफ नेपाल लगाएत अष्ट्रेलियामा रहनु हुने सबैमा धन्यवाद दिन चाहन्छु,’ उनले भने । यति धेरै माया गर्नु हुन्छ ।

त्यो मायालाई इन्कार गरेर समय छैन भनेर म कसरी भन्न सक्छु र’ सिड्नीमा गायक बद्री पंगेनीले भने,’ अस्ट्रेलियामा नेपाली समाज विस्तार हुनु र नेपाली गीत – संगीतको क्रेज बढ्नु हामी जस्ता सर्जकका लागि सुखद् कुरा हो । त्यो पाएँ मैले ।’