२०८१ पुष १० , बुधवार

खुर्सानीको पिरो स्वास्थ्यका लागि कति जोखिमपूर्ण ?

7-peppers-grow-in-water-300×200

सुनाखरी न्युज/ काठमाडौं ।

युरोपका कतिपय देशहरूमा रामेन चाउचाउमा अत्यधिक मात्रामा खुर्सानीबाट निकालिएको रसायन ‘क्याप्सेइसिन’ पाइएको भन्दै प्रतिबन्ध लगाइएको छ। स्वास्थ्यका लागि के यो रसायन साँच्चै खतरनाक हो त ?अर्को घटनामा स्वास्थ्य समस्याबाट ग्रसित अमेरिकाका एक युवकले पिरो खाना खाने प्रतियोगितामा भाग लिएपछि उनको मृत्यु भएको भन्दै समाचारमा चर्चा भएको थियो। यी सबै चिन्ताको विषय ‘क्याप्सेइसिन’ हो, जुन खुर्सानीहरूलाई पिरो बनाउने एक सक्रिय तत्त्व हो। तर के डेन्मार्कका अधिकारीहरू सतर्क हुनु सही हो? के अत्यधिक पिरो खाँदा त्यो मानिसका लागि विष बन्न सक्छ ?

 

क्याप्सेइसिन खाँदा के लक्षण देखिन्छन् ?

क्याप्सेइसिन को उच्च मात्रा रहेको खानेकुराबारे सचेत गराउने पहिले देश डेन्मार्क होइन। जर्मनीको ‘फेडरल इन्स्टिच्यूट फर रिस्क असेस्मन्ट’ बीएफआर ले पनि क्याप्सेइसिनको अत्यधिक सेवनको विषयमा सचेत गराएको छ। यसले कैयौँ लक्षणहरू निम्याउँछ। बीएफआरुका अनुसार अध्ययनहरूका अनुसार उच्च मात्रामा क्याप्सेइसिनोइडु खाँदा छाती पोल्ने, रिफ्लक्स, वाक्वाकी, झाडापखाला र पेट तथा छातीमा दुख्नेजस्ता समस्या हुने देखाएको छ।

यससँगै यसको उच्च मात्रा सेवन गर्दा चिसो पसिना आउने, रक्तचापमा उतारचढाव हुने वा चक्कर लाग्ने पनि हुन सक्छ। तर कति मात्रामा सेवन गरेमा यस्तो हुन्छ भन्ने स्पष्ट पार्न हालसम्म पर्याप्त जानकारी भने छैन। “व्यक्तिको पिरो र पीडासँग सम्बन्धित बुझाइलाई प्रभाव पार्ने थुप्रै कारणहरू हुने र क्याप्सेइसिनोइडु तथा त्यसको मात्राका विषयमा सीमित विवरण मात्रै उपलब्ध भएकाले स्वास्थ्य समस्या भएका उपभोक्ताहरूका लागि कुनै सामान्य सिफारिस गर्न सकिँदैन,” बीएफआरका एक प्रवक्ता भन्छन्। बिबिसी