२०८१ मंसिर १० , सोमवार

अव देखि पर्व बिदामा सरकारी अस्पतालको ओपीडी खुल्ने (सूचना सहित)

MOH

सुनाखरी न्युज ।
अव देखि  सरकारी अस्पतालहरुले शनिबारबाहेकका धेरैजसो सार्वजनिक बिदामा बहिरंग (ओपीडी) सेवा सञ्चालन गर्नुपर्ने भएको छ ।

मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै पर्व, जात्रा, दिवश, जन्मजयन्ती जस्ता सार्बजनिक बिदामा ओपीडी सञ्चालन गर्न केन्द्रीय, प्रादेशिक र स्थानीय तहका अस्पताललाई निर्देशन दिएको हो ।

 

मन्त्रालयका अनुसार पर्व बिदा अन्तर्गत रामनवमी, चण्डी पूर्णिमा ९वैशाख पूर्णिमा०, उभौली पर्व, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, क्रिसमस डे, धान्य पूर्णिमा, तमु ल्होसार, माघी पर्व, सोनाम ल्होसार, महाशिवरात्री, ग्याल्पो ल्होसार, ईद, बकर ईदमा सरकारी अस्पतालमा ओपीडी खोल्नुपर्नेछ ।

जात्रा बिदा अन्तर्गत गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रा रहेका छन् । त्यसैगरी सार्वजनिक दिवश अन्तर्गत गणतन्त्र दिवश, शहीद दिवश, राष्ट्रिय प्रजातन्त्र दिवश, अन्तर्राष्ट्रिय महिला दिवश रहेको छ ।

 

जन्मजयन्ती बिदा अन्तर्गत बुद्धजयन्ती, पृथ्वी जयन्तीमा पनि ओपीडी खुला हुनेछन् ।

तर नेपाल चिकित्सक संघले सरकारले दिएको निर्देशनप्रति आपत्ति जनाएको छ ।