२०८१ पुष १० , बुधवार

सानिमा बैंक र सिजी मोबाइलबिच सहकार्य

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न C.G Mobile Pvt. Ltd.मा विशेष छुटको व्यवस्था गरेको छ ।

यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत C.G Mobile Pvt. Ltd.मा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ । Nothingतथा CMF brandsका मोबाइल फोनको खरिदमा ७.४ प्रतिशतसम्म तथा earbudतथा अन्य एक्सेसरीजको खरिद गर्दा ९ प्रतिशतसम्मको छुट पाउन  सकिने बताइएको छ।  यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सकिने छ ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offersमा उपलब्ध छ ।