सुनाखरी न्युज/ काठमाडौं ।
यस हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको रुपन्देही जिल्ला कञ्चन गाउँपालिका-४, थकालिचोक स्थित थकालिचोक शाखाले मृतकका परिवारलाई १० लाख २५ हजार बराबरको बीमा रकम हस्तान्तरण गरेको छ ।
संस्थाले मङगलबार मृतक्कै घरमा एक कार्यक्रमको आयोजना गरि संस्थाको १ जना सदस्य केन्द्र न ६७ समूह न २ मा आबद्ध ज्ञानमति थारुको चत्याङको मृत्यु भए पश्चात् पाउनुपर्ने १० लाख २५ हजार रूपैयाँ बराबरको बीमा रकम उनको श्रीमान अमिरिका थारुलाई रु १७१७८८/- कट्टा गरि ,रु ८५३२१२/-को चेक हस्तान्तरण गरिएको छ।
सो बीमा रकम संस्थाका शाखा प्रमुख खेमानन्द तिवारी र गैडहवा गाउपालिका-१ का वडा अध्यक्ष प्रदिप कुमार चौधरीले हस्तान्तरण गरेका छन् ।बीमा रकम हस्तान्तरण कार्यक्रममा उक्त गाउँ का करिब २० जना सदस्य , वडा अध्यक्ष साथै संस्थाका शाखा प्रमुख खेमानन्द तिवारी, कर्मचारीहरू रिमा चौधरी , बिजय चौधरी थारु र बिरेन्द्र यादबको उपस्थिति रहेको थियोे ।