सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई स्वदेशमा भव्य स्वागत गरिएको छ।पेरिस पारालिम्पिक–२०२४ को के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि ऐतिहासिक कास्य पदक जितेकी पलेशलाई बुधबार त्रिभुवन विमानास्थलमा भव्य स्वगत गरिएको हो।
गत शुक्रबार ऐतिहासिक पदक जितेकी पलेशालाई विमानस्थलामा बाजागाजासहित खेलकुद मन्त्री तेजुलाल चौधरीसहित राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीले स्वागत गरेका थिए। त्यसपछि उनलाई नगर परिक्रमा गरिइएको थियो।
नगर परिक्रमा विमानस्थलबाट सुरु भएर गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वरचोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्रांगणमा पुरेर बधाइ कार्यक्रम आयोजना गर्यो।