२०८१ मंसिर ९ , आइतवार

कास्य पदक विजेत पलेशा गोवर्धन राष्ट्रपतिबाट सम्मानित

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले पाराओलम्पिकमा कास्य पदक विजेत पलेशा गोवर्द्धनलाई सम्‍मान गरेका छन् ।बिहीबार राष्ट्रपति पौडेलले बुधबार राष्ट्रपति भवन शीतल निवासमा दोसल्ला ओढाएर पलेशालाई सम्मान गरेका हुन् ।

साथै राष्ट्रपति पौडेलले पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिए । सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शीर उचाें पार्ने काम भएको र अर्को पटक स्वर्ण पदक राष्ट्रले अपेक्षा गरेको बताए ।

सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मंगलधुन बजाएर स्वागत गरेको थियो ।कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।यसअघि राष्ट्रिय खेलकुद परिषदले विशेष कार्यक्रमको आयोजना गरी पलेशालाई सम्‍मान गरेको थियो ।