२०८१ मंसिर १० , सोमवार

प्रस्तावित राजदूतको सुनुवाइ लम्बियो

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ भदौ २४ गतेसम्मका लागि स्थगित भएको छ ।

एक साताभित्र प्रस्तावित राजदूतहरूको सुनुवाइ सक्ने भनिए पनि समितिको अर्को बैठक २४ गते पुगेपछि सुनुवाइ पनि लम्बिएको हो । राजदूतहरूको सुनुवाइ आइतबारबाट सुरु भएको थियो ।

अहिलेसम्म १३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ सकिएको छ । बुधवार दक्षिण कोरिया, साउदी अरब, रुस र दक्षिण अफ्रिकामा प्रस्तावित राजदूतको सुनुवाइ भएको छ ।