२०८१ पुष १० , बुधवार

कुमारी बैंक र काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबिच सम्झौता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

कुमारी बैंक लिमिटेड र गोल्फुटार, काठमाण्डौ स्थित काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टर प्रा.लि. बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई केयर सेन्टरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबाट कुमारी बैंक लिमिटेडका ग्राहकहरूले चिकित्सक परामर्श/जाँच, अनुसन्धान र शल्यक्रियामा कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग सेवा बाट रकम भुक्तानी गर्दा १०% छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।