२०८१ मंसिर ६ , बिहिवार

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

बिहीबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा १२.१० अंकले नेप्से परिसूचक घटेको हो । सो गिरावटपछि २७२७ अंकमा रहेर यो साता बजार बन्द भएको छ ।

कारोबार रकम पनि खुम्चिएको छ । अघिल्लो दिन १२ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ६५ करोडको भयो । १०१ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने ५ को स्थिर रह्यो ।

माइक्रोफाइनान्स १.६८ तथा व्यापार सूचक ०.१६ प्रतिशत बढे भने अरु सबै घटेका छन् । बैंकिङ ०.६९, विकास बैंक ०.१३, फाइनान्स ०.५३, होटल तथा पर्यटन ०.११, हाइड्रोपावर १.०१, लगानी १.३६, जीवन बीमा ०.७४, उत्पादन ०.३३, निर्जीवन बीमा ०.५२ र अन्य ०.०१ प्रतिशत घटे ।