सुनाखरी न्युज/ काठमाडौं ।
मंगलबारदेखि स्थिर रहेको सुनको मूल्य आज बढेको छ। मूल्य बढेसँगै स्थानीय बजारमा नयाँ रेकर्ड कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतीतोला एक लाख ५३ हजार ३०० रूपैयाँ निर्धारण भएको जनाएको छ। यसअघि भदौ १३ गत एक लाख ५३ हजार दुई सय रूपैयाँ कायम भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलाको मूल्य एक हजार ७९५ निर्धारण गरिएको छ।