२०८१ आश्विन ५ , शनिवार

हलमा लागे फिल्म ‘रावायण’ र ‘देवी’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

हरितालिका तीजको अवसर पारेर शुक्रबारदेखि दुईवटा नेपाली फिल्म प्रदर्शनमा आएका छन्। सुदर्शन थापा निर्देशित ‘रावायण’ र संजोग राईको निर्देशन रहेको ‘देवी’ आज रिलिज भएका हुन्।

‘रावायण’ मा पल शाह र पूजा शर्मा शीर्ष भूमिकामा छन्। साथमा प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, अर्जुनजंग शाही, शर्मिला मल्ल लगायत कलाकारहरूको पनि अभिनय छ।

यस्तै ‘देवी’ मा शिल्पा मास्के, नाजिर हुसेन, गौरव पहारी, टिका पहारी, प्रभाकर न्यौपाने, धु्रव कोइराला लगायत कलाकारहरूको अभिनय छ। क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका हुन्।