२०८१ भदौ ३१ , सोमवार

निजामती सेवा दिवसमा पुरस्कृत हुँदै छन् यी कर्मचारी (सूचि सहित)

Nijamati

सुनाखरी न्युज/ काठमाडौं ।

२१ औँ निजामती सेवा दिवस आज  मनाइँदै छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस मनाउन लागिएको हो ।

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा मनाउने गरिएको छ ।

दिवसको अवसर पारेर निजामती सेवाका उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत समेत गरिँदैछ । निजामती सेवा नियमावली २०५० को नियम ११६क बमोजिम उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार दिन लागिएको हो ।