सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल टेलिकमले टिकटकको प्रयोग र पहुँचमा लगाइएको रोक हटाएको छ।सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाएकोबारे नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको सार्वजनिक सूचनाका आधारमा यस्तो निर्णय गरिएको नेपाल टेलिकमले जनाएको छ।
नेपाल सरकारले टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परेको भन्दै २०८० कार्तिक २७ गतेबाट सामाजिक सञ्जाल टिकटकमाथि रोक लगाउने निर्णय गरेकोमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/०५/०६ को निर्णयबाट प्रतिबन्ध फुकुवा गरिएको हो ।
“टिकटकको प्रयोग र पहुँचमा लगाइएको रोक हटेसँगै अब नेपाल टेलिकमका सेवाग्राहीले सहज तवरले उक्त सामाजिक सञ्जाल प्रयोग गरी लाभ लिन सक्ने कम्पनीको विश्वास रहेको छ ।”टेलिकमले विज्ञप्ति मार्फत भनिएको छ ।