२०८१ मंसिर १० , सोमवार

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

Share

सुनाखरी न्युज/ काठमाडौं ।

आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।नेप्से २५.४६ अंकले घटेर २७०१.९० विन्दुमा बन्द भएको छ।यसदिन कारोबार रकममा वृद्धि भएको छ।

बिहीबार ९ अर्ब ६५ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन १० अर्ब १२ करोडको कारोबार भएको छ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा ४७ करोड रूपैयाँ वृद्धि भएको हो।

यसदिन ३२८ वटा धितोपत्रको दुई करोड २२ लाख ६२ हजार ९२४ कित्ता सेयर किनबेच भएको हो।आइतबार ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ वटाको घटेको छ। यस्तै, तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।