सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आज सोमबार सुन–चाँदीको मूल्य बढेको छ।यसदिन प्रतितोला एक सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी सोमबार प्रतितोला एक हजार सात सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।