२०८१ आश्विन ५ , शनिवार

अक्षय कुमारले जन्मदिनमा सार्वजनिक गरे नयाँ फिल्म ‘भूत बङ्गला’को फर्स्ट लूक

askya kumar

 

सुनाखरी न्युज/ काठमाडौं ।

बलिउड अभिनेता अक्षयकुमारको आज ५६औं जन्मदिन । उनले आफ्नो जन्मदिनको अवसर पारी आगामी फिल्म ‘भूत बङ्गला’ को पहिलो झलक सार्वजनिक गरेका छन् । निर्देशकसँग मिलेर अक्षयले हरर्–कमेडी फिल्म ‘भूत बङ्गला’ ल्याउँदैछन् । उनको यस फिल्मको पहिलो मोशन पोस्टरलाई दर्शकले मन पराएका छन् ।

यी फिल्मले पनि औसत व्यापार गर्यो। पछिल्लो फिल्म खेल खेल मे बाट उनी कमेडी जनरामा फर्किए तर यो फिल्मले पनि अक्षयको अन्य कमेडी फिल्म जस्तो कमाइ गर्न सकेन। अब उनको जन्मदिनको अवसर पारेर नयाँ फिल्म घोषणा गरिएको छ। उनले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा फिल्म ‘भूत बङ्गला’ को पहिलो झलक साझा गर्दै लेखेका छन्, ‘वर्षौँदेखि मेरो जन्मदिनमा तपाईंहरूको माया र समर्थनको लागि धन्यवाद १ यस वर्षको उत्सव ‘भूत बङ्गला’ को पहिलो झलकको साथमा ।

म १४ वर्षपछि प्रियदर्शनसँग फेरि जोडिन पाउँदा अत्यन्त उत्साहित छु । यो सहकार्यको सपना धेरै समयदेखि पेंडिङ थियो । म यो यात्रा तपाईंहरूसँग साझा गर्न बेस्सरी प्रतीक्षारत छु ।’यो एक हरर कमेडी फिल्म हुनेछ। जसको नाम भूत बंग्ला हो। अक्षयले आफ्नो इन्स्टाग्राम मार्फत फिल्मको एक मोशन पोस्टर सेयर गरेका छन्। मेरो जन्मदिनमा तपाईहरूको मायाको लागि धन्यवाद१ यस वर्षको उत्सव भूत बंग्ला को फर्स्ट लुकको साथ१ म १४ वर्षपछि प्रियदर्शनसँग काम गर्न पाउँदा निकै खुशी छु। यस अविश्वसनीय यात्रा तपाईहरूसँग सेयर गर्न धेरै पर्खन सक्दिनँ, उनले लेखेका छन्।